IMG-LOGO

भ्वाईस सिजन–७ कि विजेता निताकुमारी थापा

 सोम, फागुन ४, २०८२  --

               हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि दैलेखकी नीताकुमारी थापा मगरले जितेकी छन् ।

               ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले पहिलो ट्रफी उपाधि उचालिन् ।

               कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए । टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता घोषित भइन् । टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्