धुलिखेल नगरपालिका वडा नं. ११ डाँडागाउँ स्थित विपी राजमार्गमा फास्ट चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । विहीबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका पुर्वमन्त्री चन्द्र लामाले माता कालिदेवी आयल स्टोर्स फास्ट चार्जिङको उद्घाटन गर्नुभयो । चार्जिङ स्टेशन सञ्चालन पुर्वाधार निर्माण मात्रै नभई इलेक्ट्रिक बसको दिगो विकासको एउटा खुड्किलो भएको बताउनुभयो । पेट्रोलियम पदार्थको अयातमा वार्षिक अर्बौं बाहिरिई रहेको अवस्थामा विधुतीय सवारीसाधनको प्रयोग महत्वपूर्ण रहेको बताए ।
विपी राजमार्गमा ओहोरदोहोर गर्ने विद्युतीय सवारीसाधनको सहजताको लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको चाजिङ स्टेशनका आत्माराम थापाले जानकारी दिनुभयो । एकपटकमा ८ वटासम्म सवारीसाधन चार्ज गर्न सकिनेछ । २ करोड लगानीमा सुविधा सम्पन्न चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ३५ मिनेटदेखी ४५ मिनेटमा फुल चार्ज हुनेगरी उच्च क्षमताको स्टेशन निर्माण गरिएको थापाले उल्येख गर्नुभयो । चार्जिङ स्टेशनसँगै डिजेल पेट्रोल पम्प यसअघिदेखि नै सञ्चालन भइरहेको थियो । पुर्वी पहाडी तथा तराईका जिल्लामा यहि राजमार्ग भएर सवारी साधन आवतजावत गर्छन् । चार्जिङ स्टेशनसँगै रेस्टुरेन्ट पनि सञ्चालन हुँदैछ । यस अघि सोही ठाउँमा माता काली देवी आयल स्टोर सञ्चालनमा रहेको छ । मम्पनीका हेड अफ डिपार्टमेन्ट राजेन्द्रबहादुर कार्कीले व्याट्रीको क्षमता शक्ति अनुसार माइक्रोवस र मिनिवसको ३५ देखि ४५ मिनेटसम्ममा चार्ज गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपाने स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो
