IMG-LOGO

काभ्रे माविको शैक्षिक प्रदर्शनी

 मंगल, माघ २८, २०८२  --

 

        संस्थागत विद्यालय मध्थे शैक्षिक गुठीद्वारा सञ्चालित शिक्षण सिकाई प्रभावकारीतामा आफुलाई अब्वल सावित गर्दै आएको काभ्रे मावि नेपाले हरेक वर्ष शैक्षिक प्रदर्शनी गर्दै आएको छ । शुक्रबार आयोजित शैक्षिक प्रदर्शनीमा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरुले आपूmले कक्षा कोठामा पाठ्यक्रमबाट सिकेका विषय बस्तुहरु व्यवहारीकरुपमा शैक्षिक क्रियाकलाप मार्पmत शैक्षिक प्रदर्शनी गरेको कुरा विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले बताउनुभयो । विद्यालयका शिक्षक एवं कार्यक्रम संयोजक कुमार घिमिरेका अनुसार बिज्ञान, गणित, स्वास्थ्य, सामाजिक, नेपाली विषयहरुको विद्यार्थीहरुले हाँसिल गरेको ज्ञानलाई सिप र सृजनामा बदल्न शैक्षिक प्रदर्शनी गरिएको जनाउनुभयो । सहायक प्रिन्सिपल केशव श्रेष्ठले विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप उचाइमा पु¥याउन लागि परेको बताउनुभयो । विद्यार्थीहरुले फुड फेस्टीवल सञ्चालन गरी विभिन्न परिकार बनाइ खुवाएका थिए । विद्यालय व्यवस्थापन सञ्चालक अध्यक्ष जगन्नाथ अवाले सुभारम्भ गर्नुभएको कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक उद्धव लुइटेलले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्