IMG-LOGO

काभ्रे क्षेत्र नं. १ का एमाले उम्मेदवार अमितको चुनावी प्रचार तिब्रता

 मंगल, माघ २८, २०८२  --

        नेकपा एमाले धुलिखेल वडा नं. ८ कमीटीले आगामी फागुण २१ गते हुने निर्वाचनका लागि चुनावी प्रचार प्रसार कमीटी गठन गरेको छ । वडा कमीटीका अध्यक्ष जीतेन्द्र बहादुर खत्रीको अध्यक्षतामा बसेको विस्तारित बैठकले चुनावी प्रचार प्रसार कमीटी गठन गरेको कुरा एमाले नेता साधुराम बडालले बताउनुभयो । प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ का एमालेका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन एमाले सम्बद्ध मातहतका कमीटी संघ संगठनका नेता कार्यकर्ता एकताबद्ध भइ लाग्नुपर्ने कुरा एमाले काभ्रेका पूर्व सह इन्चार्ज रेशम लामाले बताउनुभयो । काभ्रे क्षेत्र नं. १ का समानुपातिक उम्मेदवार इन्द्र बहादुर तामाङ, एमाले नेता केशव बडाल, वडा कमीटी इन्चार्ज गीता लामा, वडाका पूर्व इन्चार्ज कृष्णप्रसाद शर्मा, एमाले धुलिखेल नगर कमीटी सदस्य कृष्णबहादुर भुजेलको सहभागीता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्