विश्व क्यान्सर दिवसको अवसर पारी धुलिखेल अस्पतालमा घोषणा गरिएको १८ सय किलोमिटर लामो साईकल यात्राको समापन धुलिखेल अस्पतालमा नै गरिएको छ । विशेषगरी क्यान्सर रोगबाट पीडित भएका दुई विरामी हर्क लामा र कविता चित्रकारको साईकल यात्राको योजना थियो ।
‘क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा विरामी र उनका आफन्तले रकम अभावका कारण ब्यहोर्नु परेको सास्तिलाई न्युनिकरण गर्न कोष स्थापनार्थ नविनतम कार्य गर्ने सपना देखियो’–साईकलयात्री क्यान्सर पिडित हर्क लामाको भनाइ रहेको थियो । धुलिखेल अस्पताल, अस्पतालमा कार्यरत चिकित्सहरु तथा विभिन्न निकायहरुले सहयोग गरेका कारण चिवाभन्ज्याङ्ग झुलाघाटसम्मको साईकल यात्रा सम्पन्न गरिएको थियो ।’
अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा.रामकण्ठ माकजुले सकारात्मक सोचका साथ नागरिकहरुको सेवा गर्दा मनै आनन्दीत हुने र सामाजिक सेवा मुल्यवान हुने बताउनुभयो । एक महिना लामो साईकल यात्रामा सहभागि डा.सुमनराज ताम्राकारले यात्राका क्रममा १५ स्थानमा २ हजार भन्दा धेरैलाई प्रत्यक्ष रुपमा क्यान्सर रोग सम्वन्धिको सचेतना फैलाउन सकिएको बताउनुभयो । कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा.विराजमान कर्माचार्यले मन्तव्य राख्नुभएको थियो ।
सोहि अवसरमा साईकल यात्रामा सहयोग गर्ने र सहभागिहरुलाई सम्मान गरिएको थियो । यात्राका क्रममा भएको अनुभव भिडियो मार्फत प्रस्तुत गरिएको थियो । मध्य पहाडी लोकमार्ग साइकल अभियान यात्राको परिकल्पना र उद्देश्यबारे डा. विकास पराजुलीले बताउँदै आगामी दिनमा पनि यस्ता साहसिक यात्राको निरन्तरता दिन डा.रामकण्ठ माकजुले अनुरोध गर्नुभयो । कोष संकलनबारे डा. तारालाल श्रेष्ठले प्रस्ट पार्नुभएको थियो । साइकल कल्चर कम्युनिटीबाट संकलित रकम हर्क लामा, कविता चित्रकार, डा. तारालाल श्रेष्ठ र ज्ञानेन्द्र स्थापितबाट धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको थियो । प्रा. डा.रामकण्ठ माकजुले कार्यक्रम उपादेयता, साइक्लिङ र क्यान्सरबीचको सामञ्जस्यता, साइक्लिङ अनुभव, धुलिखेल अस्पताल निर्माणमा योगदान पु¥याउनेहरुलाई समेत सम्झनुपर्ने उल्येख गर्नुभएको थियो ।
