धुलिखेल, स्थित सञ्जीवनी नमूना माध्मयिक विद्यालयमा वि.सं. २०४९ मा एस.एल.सी. दिने विद्यार्थीहरुको समूह सञ्जीवनी २०४९ समूहले आप्mना दिवंगत गुरुहरुको सम्मानमा स्मृति छात्रवृति र पुरस्कार वितरण गरेको छ । सञ्जीवनी नमूना माविमा अध्ययनरत १० जना छात्रछात्रालाई विद्यालयका पूर्व प्रधानाध्यापक स्व. पूर्णमान सिंह बस्न्याकको नाममा स्थापित पूर्णमान सिंह बस्न्यात स्मृति छात्रवृति र सञ्जीवनी नमूना माविबाट २०८१ को एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रविधिक र साधारण धारका एक एक विद्यार्थीलाई विद्यालयका अर्का पूर्व प्रधानाध्यापक स्व. दुर्गाप्रसाद शास्त्रीको स्मृतिमा स्थापित दुर्गाप्रसाद शास्त्री स्मृति पुरस्कार जनही नगद रु. १०,०००÷– (दश हजार) प्रदान गरियो । उक्त पुरस्कारद्वारा साधारण धारमा प्रवीन थापा र प्रविधिक धार तर्पm प्रतिका प्रधान पुरस्कृत भए । पुरस्कार तथा छात्रवृति वितण गर्ने समारोहका प्रमुख अतिथि सञ्जीवनीका प्रधानाध्यापक टंकबहादुर थापाले आप्mना दिवंगत गुरुहरुका नाममा यस समूहले गरेको कार्य गुरुभक्तिको उत्कृष्ट उदाहरण भएको र यसले विद्यार्थीहरुलाई सत्यमार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो । स्वर्गीय दुर्गाप्रसाद शास्त्रीका छोरा शिक्षासेवी उदयभुषणले पूर्व प्रधानाध्यापकहरुको योगदान अविस्मरणीय भएको बताउँदै उहाँहरुका त्याग र समर्पणका जगमा सञ्जीवनी उभिएको चर्चा गरे । कार्यक्रमका सभापति एवं सञ्जीवनी २०४९ समूहका संयोजक दिपेन्द्र देवजू श्रेष्ठले आप्mनो समूहले भूकम्प आदि प्रकोपहरुमा समीत सामाजिक कार्य गरेको प्रसङ्ग उल्लेख गर्दै यो कार्यक्रम विद्यार्थीहरुलाई नैतिक मूल्य सहित सक्रिय बनी उत्कृष्टता हासिल गर्ने सानो प्रेरणा हुने बताए । सञ्जीवनी ०४९ समूहका सदस्य कुमार दाहालले सञ्चालन गरेको कार्यक्रममा सञ्जीवनीका विज्ञान संकायका कोअर्डिनेटर हरिचन्द्र वरुणले शुभकामना प्रन्तव्य तथा ०४९ समूहका सदस्य रामशरण कार्कीले स्वागत गरेका थिए । विद्यालयका सहायक प्र.अ. कृष्ण काप्mले र शंकर शर्मा शिक्षिका तथा स्व. दुर्गाप्रसाद शास्त्रीकी जेठी छोरी मञ्जु जंगम अधिकारी अतिथि रहेको कार्यक्रममा ०४९ समूहका सदस्य रोशनी धुँुजु, करुणा श्रेष्ठ, सञ्जय माकजु आदिले छात्रवृति वितरण गरेका थिए ।
नाइटिङ्गेल एकेडेमीको शैक्षिक प्रदर्शनी
नाइटिङ्गेल एकेडेमी बनेपा–१० ले परियोजना आधारित सिकाई (एचयवभअत–द्यबकभम ीभबचलष्लन – एद्यी) प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पहिलो दिन कक्षा ८ र ९ का विद्यार्थीहरूले तयार पारेका विविध शैक्षिक परियोजनाहरू प्रस्तुत गरेका छन् । यस अवसरमा विद्यार्थीका अभिभावकहरूलाई पनि आमन्त्रण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल उमा बस्नेतले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य र आत्मविश्वास विकास गर्ने बताउनुभयो ।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, वातावरण संरक्षण, प्रविधि, सामाजिक समस्या, नवप्रवर्तन र जीवनोपयोगी सीप सम्बन्धी परियोजनाहरू प्रस्तुत गरेका छन् । विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अभिभावक तथा आगन्तुकहरूसँग प्रत्यक्ष संवाद गर्दै व्याख्या गरेका थिए । कार्यक्रम अवलोकन गरेका अभिभावकहरूले आफ्ना छोराछोरीको प्रस्तुति, प्रस्तुतीकरण शैली र आत्मविश्वास देखेर हर्षित भएका छन् ।
विद्यालय प्रशासनका अनुसार पीबीएल प्रदर्शनी कक्षा–कक्षागत रूपमा केही दिनसम्म निरन्तर सञ्चालन हुने छ । प्रत्येक दिन फरक–फरक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस प्रकारको शैक्षिक गतिविधिबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र समस्या समाधान गर्ने सीप विकास हुने विश्वास विद्यालयले लिएको कुरा लेखा शाखा प्रमुख मुरारी अधिकारीले बताउनुभयो ।
