काभ्रे । नेकपा एमालेका उम्मेदवारले भुम्लुका पार्टी कार्यकर्ता र मतदातासँग अन्तक्र्रिया गरेका छन् । काभ्रे–२ मा प्रत्यक्ष तर्फका उम्मेदवार अशोक कुमार ब्याञ्जु, समानुपातिक उम्मेदवार भक्तकुमारी लामा र सुमित्रा भोछिभोया मतदाता भेटघाटका लागि शनिबार भुम्लु गाउँपालिका गएका थिए । उम्मेदवारलाई भुम्लुका एमाले नेता, कार्यकर्ता र समर्थकले बाजा गाजा सहित स्वागत गरेका थिए । उम्मेदवारलाई स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरे । उक्त भेटघाटका क्रममा स्थानीयले ५ दशक अघि देखि लालपुर्जा प्राप्त गर्न नसकेको, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रका समस्या बारे उम्मेदवारीलाई जानकारी गराएका छन् । एमाले उम्मेदवार ब्याञ्जुले प्राथमिकताको आधारमा क्रमशः समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
