IMG-LOGO

अनुशासन, नैतिक आचरणले सफलता कप्तान ः एन्जिला

 मंगल, माघ २८, २०८२  --

        अनुशासन, नैतिक आचरणले मानव जीवनमा सफलता मिल्ने कुरा एन्जिला सुब्बाले बताउनुभयो । राष्ट्रिय महिला फुटवल टोलीको कप्तान सफल फुटवल खेलाडी एन्जिला तुम्वापो सुब्बाले विद्यार्थीहरुलाई अनुशासनमा बस्न आवश्यक हुने सल्लाह दिनुभएको छ । उहाँले मेहनत र अनुशासन नै विद्यार्थीको गहना भएको बताउनुभयो । प्रगति प्रभात एकेडेमी सेकेण्डरी विद्यालयमा खेलकुद सप्ताह–२०८२ सुरुवात गर्दै नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान एवं गोलकिपर एन्जिला सुब्बाले आफुले संघर्षबाट धेरै कुरा सिकेको अनुभव सुनाउनुभयो । उहाँले परिवारको सहयोग, अग्रजको मार्गनिर्देशन र कडा मेहनतले सफलताको उचाईमा पु¥याउने मन्तव्य राख्नुभयो । जीवनमा सबैभन्दा ठूलो कुरा अनुशासन र दृढ संकल्प हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

        उहाँले भन्नुभयो, जिन्दगीमा उतारचढाव आइनै रहन्छ, दुःखको बेला नआत्तिनु, अनुशासनमा रहनुहोला, सफलता अवश्यनै मिल्नेछ । कार्यक्रममा प्रिन्सिपल सुमित्रा श्रेष्ठले विद्यार्थीलाई संघर्ष, लगनशिलता र मेहनतको महत्व बारे वुझाउन खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनुभयो । खेल हार–जित मात्रै नभई अनुशासन, धैर्यता, संघर्ष र सहकार्यको महत्वपूर्ण सम्मिश्रण रहेको उहाँले मन्तव्य राख्नुभयो । शुक्रबारबाट सुरु भएको खेलकुद सप्ताह २९ गतेसम्म सञ्चालन भएको छ । व्यवस्थापकीय निर्देशक तेजप्रसाद ताजपुरीयाले जानकारी दिनुभयो ।

        प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले संघर्षबाट खारिएको व्यक्ति हरेक ठाउँमा सफल हुनेमा जोड दिनुभयो । खेलकुदले स्वस्थ शरीर, सक्षम नागरिक उत्पादन गर्न सघाउने उहाँले बताउनुभयो । सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक एवं काभ्रे टाइम्स साप्ताहिक कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने मन्तव्य राख्नुभयो । कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्ट, पत्रकारको सहभागिता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्