बनेपा, इनोभेटीभ एकेडेमी बनेपाको २१ औं वार्षिकोत्सव तथा एस.ई.इं. विदाइ कार्यक्रम सोमबार बनेपा पार्टी भेन्यूमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. केवी मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथ्य बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । विद्यालयकी प्रिन्सिपल पुनम श्रेष्ठले शैक्षिक प्रगति र भावी योजनाको बारेमा प्रस्ट पार्नुभयो । प्रमुख अतिथि शाक्यले संस्थागत विद्यालय मध्ये इनोभेटीभ एकेडेमीले विद्यार्थीहरुको शैक्षिक विकासमा इटाँ थप्ने कार्य गरेको बताउनुभयो । विद्यार्थीहरुले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेको यस विद्यालयमा ८० प्रतिशत विद्यार्थी स्थानीय भएकोमा आपूm निकै हर्षित भएको प्रमुख अतिथि शाक्यले बताउनुभयो । प्रमुख अतिथि शाक्यले विद्यार्थीहरुलाई नैतिक शिक्षा, संस्कार सिकाउन जरुरी छ भन्दै पाठक्रम अनुरुप गर्न विद्यालयलाई सुझाव दिनुभयो । प्रोफेसर डाक्टर कन्दैया झा, प्रोफेसर डाक्टर रामप्रसाद घिमिरे, प्रोफेसर डाक्टर उमेश राजोपाध्याय, बनेपा नगरपालिका वडा नं. ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, प्याब्सन काभ्रे अध्यक्ष श्याम भुजेल, बनेपा प्याब्सन अध्यक्ष महेन्द्र विस्ट, आर एम एस स्कुलका प्रिन्सिपल सुमन कोख श्रेष्ठ, काभ्रे वहिरा स्कुलकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
