IMG-LOGO

खेल पर्यटनमा नमोबुद्ध सेभेन ए साईडको रौनक

 मंगल, माघ २१, २०८२  --

       नमोबुद्धमा काखमा खेल पर्यटन मार्फत समृद्धिको सपना पुरा गर्ने उदेश्यले सेभेन ए साईड फुटवल प्रतियोगिताको सुभारम्भ गरिएको छ । सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साईड फुटबल प्रतियोगिताको उद्घाटन गरियो ।

       आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथी नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेम लामा रहनु भएको थियो । उहाँ आफै खटेर सो प्रतियोगिताको लागि व्यवस्थापन गरिरहनु भएको छ । उहाँले खेल मार्फत पर्यटन, युवाको एकता कायम राख्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

       प्रथम पुरस्कार एक लाख ५ हजार पुरस्कार राशीको भएकाले काठमाडौदेखिका टिम प्रतियोगितामा सहभागि भएका छन् । आज सुरु भएको प्रतियोगिता आगामी २० गतेसम्म संचालन हुनेछ । क्लबका अध्यक्ष उत्तरध्वज तामाङले प्रतियोगिताका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

       उहाँले स्थानीय तह, समाजसेवी खेलप्रेमीको सहयोगमा प्रतियोगिता संचालन गरिएको र यो दोश्रो संस्करण भएको बताउनुभयो । उहाँ उद्घाटन कार्यक्रमको सभापति हुनुहुन्थ्यो । प्रतियोगितामा दोश्रो पुरस्कार ५५ हजार रुपियाँ रहेको छ । क्लबका सचिव गणेश लामाले संचालन गरेको कार्यक्रममा स्थानीय खेलप्रेमीको उल्लेख सहभासगता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडीका क्लब, विभागिय टोलिका खेलाडीहरु सहभागि छन् ।

       प्रतियोगिताको उद्घाटन खेलमा धुलिखेल–११ ले आयोजक मानेगाउँ नमोबुद्ध फुटवल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्याे । प्रतियोगितामा अजित तामाङ घोषित भए । उनले जर्सी पाए । त्यस्तै दोश्रो खेलमा मण्डनदेउपुर नगरपालिका हल्देछापले नमोबुद्धकै बिकेएचवाईएसलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । खेलको म्याा अफ दी म्याच मण्डनदेउपुरका सन्देश लिम्बु छानिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्