तीन दशक अघि काभ्रेको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिका पूर्वाधार विकासले फड्को मार्दै अघि बढेको छ । काभ्रेको महाभारत गाउँपालिकाको केन्द्र देविटारबाट निजगढसम्म औपचारिक रुपमा यात्रु बहाक बस सञ्चालनमा आएको छ । काभ्रे बस प्रा.लि. ले सञ्चालनमा ल्याएको बस आइतबार पालिका अध्यक्ष कान्छालाल जिम्बाले शुभारम्भ गर्नुभएको हो । यो सेवा मार्फत बामगतीको काभ्रे, मकवानपुर र सिन्धुली तथा मधेश प्रदेशका सर्लाही, रौतहट र बारा जिल्लाका नागरिकले प्रत्यक्ष सुविधा पाउने भएका छन् । प्रा.लि.ले १० वटा बस यो रुटमा हालेको छ । काभ्रे बसका अध्यक्ष वर्ण शाक्यको समेत उपस्थिति रहेको थियो ।
