तीन दशक देखि निरन्तर क्रियासिल कांग्रेस नेता राजनीतिमा पनौतीका राजेशकुमार श्रेष्ठले नेपाली काँग्रेसले वितरण गरेको टिकटमा असहमति राख्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेविसंघबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । निरन्तर पार्टी राजनीतिमा क्रियासिल श्रेष्ठ खेलकूद विकास समिति तथा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्नुभएको थियो । कांग्रेस नेता तीर्थ पसखलःको प्रस्ताव र पनौतीका समाजसेवी पूर्व नेकपा माओवादीका नेता समेत रहेका सुदर्शन सुवेदीको समर्थनमा श्रेष्ठ उम्मेदवारी दिनुभएको थियो । नेपाली काँग्रेसले काभ्रे प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा गुणराज मोक्तानलाई उम्मेदवार बनाएको छ । राजेश श्रेष्ठ ६० वर्षको हुनुभयो ।
त्यस्तै पाँचखाल वडा नम्वर १० का गणेश अधिकारीले राजनीतिक दलहरुप्रति बढेको वितृष्णा र नेपाली काँग्रेसले गरेको निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्थ्यो । काभ्रे क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।
