IMG-LOGO

आर्थिक विकास मित्र सकोसको जेष्ठ नागरिक सम्मान

 मंगल, पौष १५, २०८२  --

 

     यस आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको बाइसौँ स्थापना तथा एकीकरण दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । संस्थाको बाइसौं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पौष ०५ गते पाँचखाल नगरसभाहलमा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको शभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतित्यथा रहेको थियो । संस्थाका सचिव रामप्रसाद कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङ, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार ईश्वरी राजकुमार मैनाली, संस्थाका सल्लाहकार रामशरण लुइटेल, जिल्ला समन्वय समिति प्रवक्ता अप्सरा ढुङ्गाना सिपखान, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक बद्रीप्रसाद आचार्य, सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछाने लगायतका अतिथि हरुको आतिथ्यता रहेको थियो ।

     स्थापना दिवसको अवसरमा संस्थामा नियमित कारोबार गर्ने ७५ वर्ष उमेर पूरा गर्नुभएका १४८ जना सदस्यहरुलाई वृद्ध सहारा लौरो, न्यानो टोपी तथा खुराक सामग्री र कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा सुदृष्टि आइ केयर बनेपाको प्राविधिक सहयोगमा कुल ९३ जना जेष्ठ सदस्यहरूको निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो भने पाँचखाल नगरपालिकाको समन्वयमा पुस्तान्तरण नेपालको प्राविधिक सहयोगमा ८६ जना जेष्ठ सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । यसैगरी नेपाल रेड क्रस सोसाइटी काभ्रेले स्थापना गर्न लागेको अक्षय कोषमा रु २५,०००/– योगदान रकम हस्तान्तरण गरिएको थियो । यस्तै ब्लड बैंक काभ्रेको समन्वयमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ जना रक्तदाताहरूले रगत दान गर्नुभएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्