IMG-LOGO

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा पुर्‍याउँछौं मुख्यमन्त्री : बाँनिया

 मंगल, पौष १५, २०८२  --

     बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बाँनियाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयबाट स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गरी शिक्षा सर्भशुलभ गर्ने तिर सरकारको ध्यान केन्द्रीत गरेको बताउनुभयो । धुलिखेल अस्पतालको ३० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री बाँनियाले गरिब निमुखालाई सर्वशुलभढङ्गबाट गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने नेतृत्व कर्ता अस्पतालका संस्थापक प्रोफेसर डा. रामण्ठ माकजु मानव सेवाका अटल अभियान्ता रहेको बताउनुभयो । अस्पतालले विश्वविद्यालय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई बागमती प्रदेश सरकारले २ महिना भित्र टुङ्गो लगाइ स्वीकृती दिने र आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको कुरा मुख्य मन्त्री बानियाले बताउनुभयो ।

     धुलिखेल अस्पतालले ३०औँ वार्षिकोत्सव समारोहमा अस्पतालले काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र धुलिखेलका प्रथम नगर प्रमुख बेलप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वहाँहरुलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले अस्पतालले स्वास्थ्यको पहुँच विस्तार स्तरीय सेवा प्रदान गरेको डा. रामकण्ठ माकाजु श्रेष्ठको नबिनतम सोचमा सबैको साथ रहेको धारणा राखनुभयो । अस्पतालका संस्थापक प्राध्यापक डा. रामकण्ठ माकाजु श्रेष्ठले सुरुवात नगर्दा सफल हुन्छ भनेर आफूलाई विश्वास गर्ने जमातको कारण सफलता हासिल गरेको तर्क गर्दै सपना पुरा गर्न सबैको सहयोग र साथ रहेको बताउनुभयो ।

     अस्पतालका संस्थापक मध्येका प्राध्यापक डा. राजेन्द्र कोजुले ‘टिमवर्क’का कारण धुलिखेल अस्पताल सफल भएको भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभई अमेरिका र अफ्रिका महादेशबाट समेत मानिसहरू अस्पताल आउने गरेको उल्येख गर्नुभयो । अस्पतालका मेडिकल निर्देशक डा. बलराम मल्लले अस्पतालले उच्च प्रविधि र दक्ष जनशक्तिमार्फत सबैमा सम्मान सेवा र व्यवहार गरेको बताए । प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्यले अस्पतालका संस्थापक डाक्टर रामकण्ठ माकजू र स्थापनामा सहयोग गर्ने डा. सुरेशरा शर्मा र बेलप्रसाद श्रेष्ठबाट दूरदृष्टि, लगाव, त्याग, ठूलो हृदय, विनम्रता र शालिनता भए मात्रै सफल हुने शिक्षा पाएको जनाउनुभयो ।

     कार्यक्रममा विभिन्न विधामा फेलोसिप पाएका अस्पतालका आठजना चिकित्सक र नौ जना नर्सिङ स्टाफलाई दीक्षित गरिएको थियो । वार्षिकोत्सव समारोहमा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा, पूर्व राज्यमन्त्री सुर्यमान दोङ, बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल, लक्ष्मण लम्साल, पूर्वमन्त्री निमा लामा, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम सहित जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्