पनौती । पनौती नगरपालिका–४ स्थित मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारण सभा कात्तिक विभिन्न सेवा केन्द्रहरूमा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माले संस्थाले पछिल्लो वर्ष गरेको प्रगति, चुनौती र आगामी लक्ष्यबारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो । सचिव सरोज कुमार तिमल्सिनाले संस्थाको वार्षिक कार्यक्रम, सदस्य विस्तार, सेवा प्रवाह, प्रशासनिक सुधार लगायतका विषय समेटिएको सचिव प्रतिवेदन पेश गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष कृष्ण थापाले संस्थाको आय–व्यय, कूल सम्पत्ति, बचत तथा लगानीस्थितिबारे विस्तृत वित्तीय विवरण साधारणसभामा प्रस्तुत गर्नुभयो ।
६० हजार ८ सय ६६ शेयर सदस्य बढी सदस्य, करिब ६ अर्बको कूल सम्पत्ति सहकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल संस्थामा ६० हजार ८६६ सदस्य रहेको छ । संस्थाको कूल सम्पत्ति ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९३१ पुगेको जानकारी सभामा दिइयो । सदस्यको शेयर र बचत रकम सदस्यहरूले संस्थामा गरेको शेयर लगानी ४९ करोड ३८ लाख ८ हजार ६०० पुगेको छ । त्यसैगरी संस्थामा जम्मा भएको कुल बचत रकम ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६९३ रहेको कोषाध्यक्ष थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख थियो ।
आय–व्यय विवरण गत आर्थिक वर्षमा संस्थाको खुद आय ५९ करोड ६ लाख ८७ हजार ४४९ रहेको, खुद व्यय ५५ करोड ३ लाख ७५ हजार २९५ रहेको र संस्थाले सञ्चालन खर्च कटौतीसहित आय वृद्धि गर्ने विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइयो । प्राविधिक सेवाबाट ९ हजारभन्दा बढी सदस्य लाभान्वित डिजिटल सेवातर्फ पनि सहकारीले उल्लेख्य प्रगति हासिल गरेको छ ।
हाल संस्थामा मोबाइल बैंकिङ प्रयोगकर्ता ७ हजार ६०५, एटिएम कार्ड प्रयोगकर्ता १ हजार २६६ र क्यूआर प्रयोगकर्ता ४४३ रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आगामी वर्षमा डिजिटल पहुँच विस्तार गर्ने योजना अगाडि सारेको छ । सहकारीले सेवा विस्तार र आर्थिक सुदृढीकरणलाई प्राथमिकता साधारणसभाले सहकारीको संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन, सदस्यको सीप विकास र समुदायमुखी कार्यक्रमलाई आगामी वर्षमा प्राथमिकता दिने निर्णय गरेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो ।
