काठमाडौं ÷ नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा महिला भेला गरेका छन् । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम र सपना राज भण्डारी जोशीलगायत सहभागी थिए ।
महाधिवेशन प्रतिनिधि ४७४३ मध्ये २४८८ जनाले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका थिए । तर, पदाधिकारीहरूले नियमित महाधिवेशनमै जोड दिँदै प्रक्रिया अघि बढ्न नदिएको आरोप लगाइएको छ ।
१५ औं महाधिवेशन अघि नहुने हो भने विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन् । यसैबीच देउवा पक्षले भने आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तयारीमा जुटेको छ ।
