२०८२ मङ्सिर १ गतेबाट बनेपा–च्याम्राङ्गबेशी हुँदै यात्रु बागमती प्रदेशको राजधानी हेटौडातर्फ क्यू बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेशीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रे र हेटौडा बीचको यात्रुलाई आवत–जावत गर्न थप सहज बनाएको छ ।
स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, दड्खर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौडा सम्म नियमित सेवा हुनेकुरा वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयो । काभ्रे पुन्यवती यातायात प्रालि, पनौतीलाई पठाइएको पत्रमार्फत वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बस सेवा सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
