IMG-LOGO

बनेपा नगरपालिकाको सार्वजनिक सुनुवाइ नागरिकका सरोकारबारे बहस

 मंगल, मंसिर ३, २०८२  – हरिनाथ न्यौपाने

     बनेपा नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१÷२०८२ मा सम्पादन गरेका सेवा प्रवाह सम्वन्धी कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले नागरिकहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै बिकास निर्माणका कार्यहरू प्राथमिकताका साथ सम्पन्न गर्दै जाने बताउनुभयो । उपप्रमुख विमला सापकोटा दाहालले करिडोर निर्माणमा सर्वाेच्च अदालतले दिएको फैसला, स्वास्थ्य सेवामा प्रभावकारिताका लागि चिकित्सकिय ब्यवस्थापन, घर जग्गा ब्यवस्थापन, करको क्षेत्र र उद्योगी ब्यवसायीको समस्याको सम्बोधन गरिने उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत सहित कार्यक्रमको आवश्यकता र नगरका गतिविधिका बारेमा जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु तथा नगरबासिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव पुरुषोतम घिमिरे, काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, अपाङ्गता महासंघकी प्रतिनिधि पम्फा पुर्काेटी, वडा न १ का श्रीकृष्ण पाण्डे, वडा नम्वर १२ का सौरभ विष्ट, वडा नम्वर ८ का यशकुमार रञ्जित, बनेपा ७ का प्रल्हाद बस्नेत, वडा नम्वर ८ का रामप्रसाद दुलाल, बनेपा १० का  जीवन भुजेल, वडा नम्वर १२ का सुमन बस्नेत, वडा नम्वर ७ का कुमार श्रेष्ठ, बनेपा ८ की सविता थापा, वडा नम्वर ३ की विमला श्रेष्ठ, बनेपा ३ का बुद्धी तामाङ, बनेपाका मणिराज श्रेष्ठ, बनेपा ५ का रामकृष्ण मानन्धर, बनेपा ५ का राजु दाहाल र वडा नम्वर ११ का विष्णुप्रसाद आचार्यले नगरपालिकाले गरिरहेका विकास निर्माण लगायत विभिन्न सेवाका बारेमा सुझाव, जिज्ञासा गुनासो सहित सल्लाह प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ काभ्रे शाखाका प"र्व अध्यक्ष मोतीराम तिमल्सिनाले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्