बनेपा÷ बनेपा बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष रहदेब पोटोको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा विज्ञ सदस्य संस्थाका प्रमुख सल्लाहकार जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीले समुदायमा गर्नुपर्ने कार्यको बारेमा बताएका थिए । जिल्लामा केहि सहकारीका कारण समस्या आए पनि सबै सहकारीहरुलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताए । सहकारीहरु ऐन र नियम अनुसार सञ्चालन भएकामा कुनै पनि समस्यामा नरहेको पोटेले उल्येख गर्नुभयो ।
सभामा संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिबेदन सचिब जितेन्द्र नर्कर्मीले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुबिन मानन्धरले र लेखा समितिको प्रतिबेदन संयोजक जगदिप पलाञ्चोकेले प्रस्तुत गरेका थिए । संस्थाको कुल २७ करोडको वासलात रहेको र २ हजार ४ सय सदस्य रहेको जानकारी दिईएको थियो । सभामा स्वागत मन्तब्य उपाध्यक्ष पदमसुन्दर श्रेष्ठले राख्नुभएको थियो । सल्लाहकारहरु राजु सरकार लगाएतको उपस्थिती रहेको थियो । साधारण सभामा उत्कृष्ट कर्मचारी रविना प्रधानलाई नगद सहित सम्मान गरिएको थियो भने गत शनिबार बेथानचोकमा क्षेत्रीय भेला सम्पन्न गरेको बताएको थियो । सभामा उत्कृष्ट ऋणी बचत कर्ता, बाल बचतकर्ता र जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । २ करोड २३ लाख ९० हजार २ सय शेयर पूंजी संकलन, २१ करोड २३ लाख ८ हजार ३ सय ३६ बचत संकलन यस वर्ष १० करोड २६ लाख ६८ हजार ३ सय ९९ ऋण लगानी गरेर २ करोड ६३ लाख १० हजार १ सय २९ कुल आम्दानी गरेको छ । ७४ लाख १८ हजार ६ सय ५५ जम्मा जगेडा कोष रहेको छ ।
