पंतजलि योग पिठ हरिद्वारमा आयोजना हुने योग सम्बन्धी पूर्ण ताजगी तालिममा सहभागी हुन पंतजली योग समिति बागमती प्रदेश समिति प्रमुख ग्रुवेन तौजलेको नेतृत्वमा २२९ जनाको टोली हरिद्वार प्रस्थान गरिएको छ । उक्त टोलीमा काभ्रे जिल्लाबाट २७ जनाको टोली पंतजली योग समिति काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठको नेतृत्व रहेको छ । २०८२ कार्तिक १२ देखि १८ गते सम्म ७ दिने तालिममा बागमती प्रदेशका विभिन्न योग केन्द्रका योग साधकहरु सहभागी रहनुहुनेछ । काभ्रे जिल्लाबाट प्रस्थान गरिएको टोलीका सदस्यहरुलाई दिव्य भवन बनेपामा आयोजित कार्यक्रममा पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकास कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.ब. अध्यक्ष द्वय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ पूर्व महिला अध्यक्ष अन्जना श्रेष्ठ, प्रदेश सल्लाहकार सरिता शाक्य लगाएतका पदाधिकारीहरु र सयौं योग साधक साधिकाहरुले भ्रमण सफल होस भनि खादा, माला, टिका र फलपूmल अर्पण गरी शुभकामना व्यक्त गरी विदाई गरी शुभ यात्रा अर्पण गरिएको सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
