बनेपा । साहित्यिक क्षेत्रमा दम्पती सहित छुट्टै सम्मान गर्दै आएको सयपत्री प्रतिष्ठान नेपाल जनागालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा यस वर्ष पनि दूई श्रष्टा दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान २०८२बाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेहरुमा उदयपुरका वरिष्ठ साहित्यिकार प्राडा रामप्रसाद दाहाल र उहाँकी जीवनसङुगीनी चन्दा कोइराला दाहाल तथा कुशादेवी काभ्रेका कवि वरिष्ठ चिकित्सक डा अनन्तप्रसाद अधिकारी र उहाँकी जीवनसङ्गीनी नर्वदा खनाल अधिकारी हुनुहुन्छ । प्रतिष्ठानले २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि राष्ट्रिय स्तरबाट एक र काभ्रेमा जन्मी राष्ट्रमा योगदान गर्ने एक गरि दूई श्रष्टालाई दम्पतीसहित सयपत्री राष्ट्रिय सम्मानबाट वर्षेनी सम्मान गर्दै आएको छ । यस वर्ष गत कार्तिक १ गते महाकवि देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीले सम्मानित दम्पतीलाई दोसल्ला, ताम्रपत्र, तिहारको भाइमसला, फलफुल, मायोको चिनो(पुस्तक) र बाटो खर्च पाँच हजार नगद पुरस्कार प्रदान गर्नु भएको थियो भने सम्मानित दम्पतीले एक अर्कालाई दुबो र सयपत्रीको माला लगाई दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि प्राडा ज्ञवालीले सयपत्रीले दम्पती सहितको निश्वार्थ सम्मान गर्ने परम्परालाई निरन्तरता दिएर साहित्यिक क्षेत्रलाई सम्मान सस्कृती सिकाएको र यो अनुकरणीय भएको बताउनु हुदै नेपाली साहित्य क्षेत्रमा महाकवि देवकोटाको बहु आयामिक व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले साहित्य अरुलाई देखाउन मात्र नभएर आफ्नोे सृजना अनुसार सर्जकले व्यबहार र आचरण पनि त्यस्तै बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । वरिष्ठ साहित्यकार एव. प्रतिष्ठानका सल्लहाकार कार्यक्रमका सभापति मोहन दुवालले सम्मानित व्यक्तिहरुको जीवनी, कृतित्व र व्यक्तित्वका बारेमा प्रकाश पार्नुहुदै श्रीमानको काममा श्रीमतीले र श्रीमतीको काममा श्रीमानले सहयोग र अगाडी बढन अदृश्य तर महत्वपूर्ण योग्दान हुने भएकोले प्रतिष्ठानले लामो समयदेखि साहित्यिक दम्पतीलाई सम्मान गदै आएको र कार्यक्रममा सहयोग गर्न पाँउदा आफुलाई खुशि लागेको बताउनु भएको थियो ।
सम्मानति प्राडा दाहाल र डा अधिकारीले सयपत्रीको दम्पती सहितको सम्मानले आफुलाई गम्भिर, जिम्मेवार र आगामी दिनमा अझै क्रियाशिल भएर अगाडी बढन प्रेरण दिएको विचार व्यक्त गर्नुु भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री प्रतिष्ठानको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानबाट हालसम्म ७४ जना श्रष्टा तथा दम्पतीहरुको सम्मान गरिएको जानकारी दिनु भएको थियो भने बनेपा नगर पालिका वडा न १० का वडा अध्यक्ष चन्द्रबहादुर खडका, प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजाले मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा डेढ दर्जन श्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो ।
वरिष्ठ लोक गायक दम्पत्ति मच्छेश्वर सापकोटा र सरस्वती सापकोटा तथा गायक रामहरि न्यौपानेको मनोरन्जानत्कम सास्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले गत २ वर्ष अगाडी आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा स्थापना गर्नु भएको सयपत्री–रामभक्त भुवनदेवी स्मृति छात्रवृति अर्जुन गोले र पुष्पाकुमारी यादवलाई प्रदान गरिएको थियो । छात्रवृति जनागालमा रहेको जनज्योती माविमा अध्ययन गरि माध्यमिक परिक्षा (एसइई)मा सबैभन्दा बढी अङ्क ल्याउने एकछात्रा र एकछात्रालाई वर्षेनी पाँच हजार नगद सहित प्रंशसा पत्र प्रदान गर्ने गरिएको छ ।
