आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल–४ को १९ औं साधारण सभा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व तथा पाँचखाल नगर प्रमुख मेहश खरेलको प्रमुख अतिथ्यतामा आइतबार सम्पन्न भयो । संस्थाका उपाध्यक्ष राजन कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव रामप्रसाद कोइरालाले प्रगती तथा भावी कार्ययोजना, कोषाध्यक्ष दामोदर दुलालले आ.व. २०८१÷०८२ को आय व्यय विवरण र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत र लेखा सुपरीवेक्षण समितिका संयोजक बद्रिप्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ११ हजार ३ सय ४० शेयर सदस्य रहेको संस्थाको शेयर पूजी १० करोड २० लाख २५ हजार रहेको छ । ८३ करोड ३ लाख ४४ हजार ८ सय ९८ बचत निक्षेप संकलन, ९७ करोड ११ लाख २० हजार ५ सय ७३ ऋण लगानी, लगानीबाट ९ करोड १ लाख ६२ हजार ६ सय ९३ कुल आम्दानी गरेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले बताउनुभयो । संस्थामा १२ करोड ८० लाख ४ हजार ८ सय २३ कोषहरु रहेको छ ।
संस्थाको बासलात १ अर्ब २२ करोड ६० लाख ७७ हजार ४ सय ५ रहेको छ । १ रोपनी जग्गामा निर्मित भवन स्थीर सम्पती रहेको कुरा संस्थाकी उपाध्यक्ष जान्दवी अधिकारीले बताउनुभयो । मुख्य कार्यालय पाँचखालमा रहेको संस्थाले बनेपा र कुन्ताबेसी सेवा केन्द्रबाट शेयर सदस्यहरुको आर्थिक वृहत्तर हित र उद्यमी व्यवसायी बनाउन सहकारी संस्थाले महन्वपूर्ण भूमिका खेलेको कुरा बनेपा सेवा केन्द्र प्रमुख प्रभुराम कोइरालाले बताउनुभयो । सदस्य हेरचाह तथा सुरक्षा अन्तरगत, सुत्केरी खर्च, किरीया खर्च, मृत्यू राहत स्वास्थ्य उपचार त्यस्तै गरी सदस्यलाभ आन्तरगत संरक्षीत पूँजीकोष फिर्ता रकम वितरण, सदस्य प्रोत्साहनमा बाल बचत कर्तालाई जन्म दिनको अवसरमा उपहार, एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने बाल बचत कर्तालाई सम्मान, रक्तदान, स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्व कार्यहरु संस्थाले निरन्तर गर्दै आएको छ । कार्यक्रममा संस्थाका संस्थापक एवं संचारकर्मी इस्वरी राजकुमार मैनाली सम्मानित हुनुभएको थियो ।
