IMG-LOGO

श्री करुणामय लक्ष्यश्वर योग साधनामा नयाँ कार्य समिति

 मंगल, असोज २८, २०८२  --

बनेपा नगरपालिका ४ स्थित नाला स्थित श्री करुणामाई लक्ष्यश्वर योग साधना केन्द्रको बार्षिक साधारण सभा पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पंतजली योग समिति काभ्रेको अध्यक्ष प्रकाश कायष्ठको सभापतित्वमा भएको उक्त साधारण सभामा उक्त केन्द्रको नयाँ कार्यसमितिको पूनः गठन भएको छ । उक्त नयाँ कार्यसमितिमा संयोजकमा अष्टलक्ष्मी श्रेष्ठ, सदस्य अनु पाण्डे, सदस्यहरुमा प्रविन श्रेष्ठ, राजकुमार श्रेष्ठ र सूर्यलाल श्रेष्ठ र सल्लाहकारहरुमा श्यामसुन्दर श्रेष्ठ(बडा अध्यक्ष बनेपा न.पा ४), दिलबहादुर श्रेष्ठ, भेषनाथ घिमिरे, सविता श्रेष्ठ, पूर्ण लक्ष्मी श्रेष्ठ, नेम कृष्ण श्रेष्ठ र मिन बहादुर कर्माचार्य रहनुभएको छ । सो साधारण सभाबाट नव निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुको नाम जिल्ला अध्यक्ष प्रकाश कायष्ठले घोषणा गर्नुभएको थियो भने प्रदेश प्रमुख ग्रुविन तौजलेले रुद्राक्ष माला लगाईदिनुभई पदस्थापना गराउनुभएको थियो । योग साधक सुमित्रा श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा युवा अध्यक्ष रमेश श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसै वीच चामुण्डादेवि योग साधना केन्द्रका योग साधिका कल्पना श्रेष्ठबाट रचीत र उक्त साधना केन्द्रका संयोजक एंव जिल्ला रक्तदान प्रभारी सहदेव श्रेष्ठबाट गायन भएको गरौँ योग रहौँ निरोग सेतै ड्रेसैमा अडियो क्यासेटको पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले विमोचन गर्नुभयो । उक्त कार्यक्रममा सल्लाहकार गौतम श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले जिल्ला अध्यक्ष प्रकाश कायष्ठ र माधव सिग्देल लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्लाका पदाधिकारीहरु र प्रदेश सल्लाहकार सरिता शाक्य, बनेपा न.पा. ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, योग शिक्षक रमिला श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महामन्त्री श्याम कुमार श्रेष्ठ, संठन मन्त्रि कान्छाकुमार श्रेष्ठको लगायतको उपस्थित रहको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी गराउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्