IMG-LOGO

सयपत्री राष्ट्रिय सम्मान कार्तिक १ गते हुने

 मंगल, असोज २८, २०८२  --

बनेपा । जनागालमा २०५१ सालमा स्थापना भएको सयपत्री प्रतिष्ठन नेपालले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रदान गर्दै आएको सयपत्री राष्ट्रिय सम्मान यस वर्ष वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र उहाँकी जीनवसंङ्गीनी चन्दा कोइराला दाहाल तथा काभ्रेली साहित्यकार डा. अनन्तप्रसाद अधिकारीर उहाँकी जीनवसंङ्गीनी नर्वदा खनाल अधिकारीलाई प्रदान गर्ने भएकोछ । प्रतिष्ठानले देवकोटाको जन्मजयन्तीको अवसर पारेर २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि प्रत्येक वर्ष श्रष्टाको श्रीमान श्रीमती सहित सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गर्दै आएको छ । यस वर्ष आगामी कार्तिक १ गते महाकवि देवकोटाको ११६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा जनागालको जनज्योती माध्यमिक विद्यालयको सभाहलमा राष्ट्रिय तथा काभ्रेली साहित्यकारहरुको रचना वाचन सहित उहाँहरुलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । सोही कार्यक्रममा जनज्योती माविबाट गत वर्षको एसईईमा उत्कृष्ट जिपिए ल्याउने एकछात्र र एकछात्रालाई राभभक्त भुवनदेवी स्मृती छात्रवृति समेत प्रदान गरिने छ । प्रतिष्ठनले हालसम्म ७० भन्दा बढी श्रष्टाहरुलाई सम्मानित गरिसकेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्