IMG-LOGO

हुलाक कार्यालय काभ्रेले उत्कृष्ट कर्मचारीलाई सम्मान

 मंगल, असोज २८, २०८२  --

धुलिखेल । नेपाल भरी नै १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले पनि हुलाक दिवस बिहीबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरिनुका साथै मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने कार्यक्रम गरि मनाएको छ । दिवसका अवसरमा कार्यालयले धुलिखेल नगरपालिका वडा नं १२ स्थित मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने र उनीहरुलाई कपडा र फलफूल वितरणका साथै कार्यालय परिसर सरसफाई र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको हो ।

जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीका अनुसार मानव सेवा घरमा रहेका ५० जना जेष्ठ नागरिकलाई खाना खुवाएर, टिसर्ट र फलफूल वितरण गरिएको थियो । बिहीबार कार्यालयमा आयोजित कार्यक्रममा भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जिल्ला हुलाक कार्यालयका एलिसा पुलामी, सरिता बजगाईं, रिना तोलाङ्गे, जयन्ती भण्डारी, बनेपा हुलाक कार्यालयका भोजकुमारी लामा, रोशीका सन्तोषी अधिकारी, महाभारतका दिनेशकुमार थापा मगर लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै हुलाक कार्यालय पनौतीका प्रमुख प्रेमप्रकाश खत्री, अतिरिक्त हुलाक कार्यालय देवीटारका डाँकबाहाक सानुमाया तामाङ, हुलाक कार्यालय बनेपाका दिपक खड्का र अतिरिक्त हुलाकै कार्यालय नालाका सुनिल श्रेष्ठ तथा अवकाश प्राप्त कर्मचारी सुजनबहादुर राई दनुवारलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने र जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्