IMG-LOGO

चण्डेश्वरी साकोसले जेष्ठ सदस्यहरुलाई सम्मान ग¥यो

 मंगल, भदौ १०, २०८२  --

     चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई कुशेऔँशीको अवसरमा सम्मान गरिएको हो । महिला बिकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कञ्चन चन्द्र बादेको प्रमुख अतिथ्यता सम्पन्न भयो । जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठको बिषेश आथित्यता रहेको थियो । बनेपा वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जेष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष शिद्धि बहादुर कर्मचार्य आथित्यता रहेको थियो ।

     कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष माथिका ११५ जना जेष्ठ पुरुष सदस्यलाई साकोसले सम्मान गरेको हो । संस्थामा उत्कृष्ट बित्तिय कारोबार मार्फत संरक्षित पुँजी फिर्ता कोषबाट उच्चतम रकम प्राप्त गर्ने ३ जना जेष्ठ सदस्यहरुलाई बिषेश सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नालासेवाकेन्द्र प्रमुख नबिना श्रेष्ठले गर्नु भएको थियो । संस्थाले हरेक बर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशेँ आँैशिको अवसरमा पिताहरुलाई र मातातिर्थ आँैशिको अवसरमा आमाहरुलाई सम्मान गर्दै आएको कुरा संस्थाका कार्यालय प्रमुख रबिन्द्र पोटेले बताउनुभयो ।

     यस संस्थाका पुर्व उपाध्यक्ष समेत रहनुभएका कञ्चन चन्द्र बादेलाई बागमती प्रदेश सामाजिक बिकास मन्त्रीको पदभार गर्नुभएकोमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारी सम्पुर्ण मार्फत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरिएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नबिनभक्त बादेले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्