बनेपा, तीन दशकदेखि ग्राहकहरूको सेवामा निरन्तर सेवा दिँदै आएको मनकामना हार्डवेयरले देशका प्रमुख सात सहरबाट सेवा दिँदै आएको छ । मनकामना हार्डवेर बनेपा, भकुण्डे, सतुङ्गल, काठमाडौँ, साँखु, चितवन नारायणघाट, सिन्धुली बर्दिबास लगायतका जिल्ला सदरमुकाम र देशका प्रमुख सहरमा हार्डवेर सञ्चालन गरी पूर्वाधार विकासका लागि आवश्यक पर्ने हार्डवेयरका निर्माण सामग्री बिक्री वितरण गर्दै आएको मनोकामना हार्डवेयरका सञ्चालक सन्जन अग्रवालले बताउनुभयो । जस्ता, डन्डी, सिमेन्ट, च्यानल, बिम एङ्गल, पति काडेतार, जियाइ तार, ब्लाक पाईप, पाइप, स्टिल पाइप, तथा घर निर्माणका सम्पूर्ण सामग्री बिक्री गर्दै आएको छ प्रारम्भमा २५ करोडको कारोबार गर्ने हार्डवेयरले हाल २ अर्ब ५० करोडको कारोबार गर्दै आएको छ । २०० भन्दा बेसी युवा जनशक्तिलाई रोजगारी दिन सकेको र डेढ करोड जति वार्षिक रुपमा राज्यलाई कर तिर्दै आएको मनोकामना हार्डवेयरका सञ्चालक सञ्जन अग्रवालले बताउनुभयो ।
