पञ्जीकरण भनेको के हो ? यसको महत्वबारे यसरी वर्णन गर्न सकिन्छ । राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरूलाई आधिकारिक रूपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटना दर्ता÷पञ्जीकरण भनिन्छ । सबैजसो देशहरूले घटना दर्ताको सर्वमान्य सिद्धान्त अनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रूपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपि कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ता अनुसार फरक पर्ने हुन्छ । जस अन्तर्गत सम्बन्धित कार्यालयहरूले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरण सम्बन्धी कार्यहरू पर्दछन ।
बच्चा जन्मिएपछि उसको पहिलो प्रशासनिक भेट वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी हुने जन्मदर्ता प्रमाणपत्रमार्फत् हुने गर्दछ। जन्म दर्ताकै आधारमा व्यक्तिको पहिचान हुने गर्दछ। कानुनी मान्यता र आजीवन सुरक्षा सुनिश्चितताको साथै अन्य सबै किसिमका अधिकारहरूको प्रयोगका लागि महत्वपूर्ण औजारको रूपमा जन्म दर्तालाई लिन सकिन्छ । विश्वव्यापी रूपमा हेर्ने हो भने ५ वर्ष मुनिका एक चौथाई बालबालिका प्रशासनिक रेकर्डमा समेटिन सकेका छैनन् ।
क्गकतबष्लबदभि म्भखभयिऊभलत न्यबकि ९क्म्न्क० का अनुसार सन २०३० सम्ममा सबैको पहिचान कायम गर्ने लक्ष राखिएको पाइन्छ । घटना दर्ता अन्तर्राष्ट्रियस्तरमा महत्व पाएको विषय पनि हो । ग्ल्भ्क्ऋब्ए ९ग्लष्तभम ल्बतष्यलक भ्अयलयmष्अ बलम क्यअष्ब िऋयmmष्ककष्यल ायच ब्कष्ब बलम तजभ एबअषष्अ० सँग नेपालले गरेको प्रतिबद्धता अनुसार सन् २०२४ सम्म सम्पूर्ण नेपाली नागरिकहरूको जन्मदर्ता शतप्रतिशत पुरÞ्याउनु पर्ने र अन्य व्यक्तिगत घटना दर्तामा समेत उल्लेख्य वृद्धि गर्नुपर्ने भएकोले सोही लक्ष्य हासिल गर्नेतर्फ अगाडि बढ्नुपर्ने छ । घटना दर्ता कार्यक्रम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सक्रियतामा स्थानीय तहहरू मार्फत ः ःक्ष्क् इलष्लिभ मा आधारित गर्ने कार्यक्रम विस्तारित छ जसले पैंतालीस प्रतिशतभन्दा बढी जनसंख्या ओगटेको छ । ख्ष्तब िच्भनष्कतचबतष्यल को सघन अभियान मार्फत्नै उक्त लक्षहरू पुरा हुन सक्ने देखिन्छ ।
देहायका घटनाहरूको नेपालमा दर्ता गर्ने कानुनी व्यवस्था रहेको पाउन सकिन्छ ः
जन्म, मृत्यु ,विवाह, सम्बन्ध विच्छेद ,बसाइँ सराई, धर्मपुत्र–पुत्री दर्ता, भुण मृत्यु
त्यसैगरी संयुक्त राष्ट्र संघले व्यक्तिगत घटनाको रूपमा परिभाषित गरेका मुख्य मुख्य घटनाहरू देहाय अनुसार उल्लेख गरेको पाउन सकिन्छ ः
ीष्खभ दष्चतज (प्रत्यक्ष जन्म), मभबतज (मृत्यु), ँयभतब िमभबतज (भुण मृत्यु), mबचचष्बनभ (विवाह), म्ष्खयचअभ (सम्बन्ध विच्छेद), क्भउबचबतष्यल या ज्गकदबलम बलम धषभ (अलग बस्ने), बमयउबतष्यल (अंगीकार), ीभनष्तष्mबतष्लन (कानुनी व्यवस्था), च्भअयनबलष्तष्यल (मान्यता), ब्ललगmिभलत या mबचचष्बनभ (विवाह रद्द)
पञ्जीकरण व्यवस्थित हुँदा नागरिक र सरकारको नीति तथा कार्यक्रम निर्माणमा प्रभाव कस्तो पर्छ ?
नागरिकको सन्दर्भमा ः
व्यक्तिगत घटनाको कानुनी पहिचान स्थापित हुन्छ । सरकारी कार्यमा घटना दर्ता प्रमाणपत्रलाई घटेको घटनाको प्रमाणको रूपमा प्रस्तुत गर्न सकिने हुन्छ । जस्तै जन्मदर्ता गरे पश्चात् विद्यालय भर्ना, नेपाली नागरिकता प्राप्त गर्न, बैंक खाता खोल्न, वैदेशिक प्रयोजन, नाबालक परिचयपत्र बनाउन आदि ।
राज्यको सन्दर्भमा
जनसांख्यिक तथ्याङ्क प्राप्त हुन्छ (शतप्रतिशत घटना दर्ता भएमा हरेक १० वर्षमा जनगणना गर्नु नपर्ने भई राज्यको ठुलो धनराशी बचत हुन्छ) ।
योजना तथा नीति निर्माण गर्दा व्यक्तिगत घटना दर्ताको जनसांख्यिक तथ्याङ्कलाई उपयोग तथा आधार लिन सकिन्छ ।
विश्वव्यापीकरण तीव्र रूपमा भइरहेको आजको युगमा व्यक्तिगत घटनाले सम्बन्धित देशमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत प्रभाव पारेको देखिन्छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पञ्जीकरण व्यवस्थापनको अवस्था कस्तो छ ?
काभ्रेपलाञ्चोक जिल्लामा व्यक्तिगत घटना दर्ता अर्थात पञ्जीकरणको अवस्था सन्तोषजनक रहेको छ भन्न सकिन्छ । हामीले २०३६ बैशाख १ गतेदेखि अनलाईन हुनुभन्दा अगाडिसम्मका दर्ता किताब फेला परेसम्मका सम्पूर्ण डाटाहरू डाटावेशमा (डिजिटाईजेशन) राखिसकेको अवस्था छ । हाल जिल्लाका १३५ वडाहरू मध्ये ८० प्रतिशत वडाहरूमा (ख्भ्च्क्ए(ःक्ष्क्) मार्फत् अनलाईनमा काम भइरहेको छ । दर्ता शिविर गरी भएका सम्पूर्ण घटनाहरूको दर्ता कार्य सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका पालिकाहरूमा घटना दर्ताको अनलाईन इन्ट्रीको अवस्था के छ ? यसका फाईदाहरू के छन् ?
काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल नगरपालिकाले मिति २०७२ चैत्रदेखिका सम्पूर्ण घटनाहरूलाई अनलाईन (ख्भ्च्क्ए(ःक्ष्क्) मार्फत दर्ता सुरु गरेको थियो भने अरु बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौंरीदेउराली, भुम्लु, बेथानचोक, रोशी र तेमाल गाउँपालिकाले २०७३ देखिका घटनाहरूलाई प्रणालीमा समाहित गरेको देखिन्छ । त्यस्तै महभिरत र खानीखोला गाउँपालिकामा अनलाईन घटना दर्ताको अवस्था कमजोर रहेको पाउन सकिन्छ । जिल्लाको सम्पूर्ण तथ्यलाई आधार मान्दा हालसम्म लगभग ७५ प्रतिशत घटना दर्ता भएको देखिन्छ । अनलाईनबाट घटना दर्ता गर्दा देहायका फाईदा हुने देखिन्छ ः
घटना दर्तामा दोहोरोपना नहुने,
प्रत्येक नागरिकको विशिष्ट पहिचान संख्या (उभचकयलब िक्ष्म्) सिर्जना हुने र यसले अन्य सरकारी कार्यमा सरल र सहज हुने,
म्बतभ अभलतभच ÷ न्क्ष्म्ऋ मा म्बतभ सुरक्षित हुने भएकोले ढड्डा प्रणालीमा हुन सक्ने आगलागी तथा अन्य कारणले नासिने प्रवृत्तिबाट मुक्त भै म्बतभ सुरक्षित हुने,
नागरिकले घरमा नै बसी इलष्लिभ मार्फत व्यक्तिगत घटना दर्ताको सूचना कगदmष्त गर्ने सकिने,
जनसांख्यिक तथ्याङ्क यलभ अष्अिप मै प्राप्त गर्न सकिने,
केन्द्रबाट प्रत्येक दिन हुने व्यक्तिगत घटना दर्ताको इलष्लिभ अनुगमन गर्न सकिने,
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सहज र सरल हुने,
प्रमाणपत्रमा एकरूपता हुने,
घटना दर्ता गर्दा भोग्नु परेका समग्र समस्याहरू के छन् ? साथै समाधानका उपायहरू के हुन सक्छन् ?
व्यक्तिगत घटना दर्ता गर्दा नेटको समस्या, सेवाग्राहीको बुझाइमा केही कमी, नगर÷गाउँपालिकाको जनशक्तिको क्षमताका कारण केही समस्याहरू देखा परेका छन् । उक्त समस्यालाई समाधान गर्नका लागि सबै वडामा ईन्टरनेट÷फाईबर पुरÞ्याउने तथा नागरिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी जनशक्तिलाई तालिम, प्रोत्साहन सुविधा दिएर काममा लगाउँनु पर्ने हुन्छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अझै के गरिदिँदा स्थानीय तहको घटना दर्ता व्यवस्थित र चुस्त हुन सक्ला ?
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले घटना दर्तालाई अझ व्यवस्थित र चुस्त बनाउनका लागि हाल सञ्चालनमा रहेको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (ख्भ्च्क्ए(ःक्ष्क्) मा देशभित्रका जुनसुकै स्थानका नागरिकका घटनालाई हरेक पालिकाले दर्ता गर्नसक्ने बनाउने,
अस्पतालहरूमा जन्मिएका बच्चाको अस्पतालले नै दर्ता गर्ने,
घाटहरूमा लाश जलाउँदा सोही स्थान वा नजिकको स्थानमा तत्काल दर्ता गर्ने व्यवस्था गर्ने,
घटना दर्तालाई सत्प्रतिशत बनाउन तत्काल राहतका कार्यक्रमहरूलाई लिंकअप गर्ने जस्ता कामहरू गर्नुपर्ने देखिन्छ ।
