IMG-LOGO

संस्कृतविद, इतिहासकारद्वय तेजेश्वरबाबु र प्रा.डा.चुन्दा सम्मानित

 सोम, सावन २७, २०८२  --

     बनेपा÷ शिक्षा सेवी इतिहासकार, संस्कृतविद् तथा कला र साहित्य क्षेत्रका विद्वान स्व.ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिं मानन्धरका नाममा गत वर्ष स्थापना गरिएको ज्ञानकाजी–मोहनलाल खिं स्मृति कोषले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

     स्मृति कोषका अध्यक्ष भुवनकाजी मान्न्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका संस्कृतविद्, इतिहासकार तेजेश्वरबाबु गोंग र प्रा.डा.चुन्दा बर्जाचार्यलाई सम्मान गरेको हो । सम्मानपत्र तथा नगद सहित उहाँहरुको ब्यक्तित्व चर्चा सहित सम्मान पत्र प्रदान गरिएको थियो । बरिष्ठ साहित्यकार तिलकप्रकाश श्रेष्ठले सम्मानित ब्यक्तिहरुलाई सम्मानपत्र प्रदान गर्दै नेपालको इतिहासमा ज्ञानकाजी र मोहनलाल खिं मानन्धरको विशेष योगदान रहेको बताउनुभयो । उहाँहरुको नामबाट प्राप्त गरेको पुरस्कार र सम्मानपत्रले सम्मानित ब्यक्तित्वहरुको समेत इतिहास र संस्कृति प्रतिको योगदानको सम्मान भएको उहाँले तर्क गर्नुभयो ।

     कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित ब्यक्तित्वद्धय गोंग र बर्जाचार्यको योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो । साहित्यकार सुर्यप्रसाद लाकोजुले स्व.ज्ञानकाजी मानन्धर र मोहनलाल खिं मानन्धरका बारेमा बोल्नु भएको थियो । शिक्षा, कला, संस्कृति, साहित्य, नाटक, गित, संगित, ज्योतिष लगायतका थुप्रै विद्यामा योगदान पु¥याएका ज्ञानकाजी र मोहनलाल खिं मानन्धरले समाज परिवर्तन तथा सामाजिक अभियानमा खेलेको भूमिका उल्येखनीय भएको बताउनुभयो । छोरा प्रकाश मानन्धरले बुबा र हजुरबुबाको इतिहास संरक्षणका लागि आगामी वर्षसम्म पुस्तकालय व्यवस्थित खोल्ने बताउनुभयो ।

     कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा–८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले मन्तव्य राख्नुभयो । बनेपा–७ का अध्यक्ष हिटलर शाक्य, मानन्धर समाजका केन्द्रिय उपाध्यक्ष बद्रि मानन्धर लगायतले ज्ञानकाजी मानन्धर र मोहनलाल खिं मानन्धरले समाजमा पु¥याएको योगदानका बारेमा बोल्नुभएको थियो । प्रत्येक वर्ष स्मृतिकोषले इतिहास र संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने विशिष्ठ ब्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको छ । ज्ञानकाजी मानन्धरको जन्म १९९१ पुष २६ गते जन्म भई २०८० भदौ ८ गते निधन भएको थियो । बनेपा सातगाउँ, अरनिको स्वेत चैतन्यको सेरोफेरो, कपीलबस्तुमा भगवान कुमारी, नेपाल आख्यान, मानन्धर तयगु छु खँ, छगुं पच्चाताप संस्कृतिका केहि पक्ष लगायत १ दर्जन बेसो पुस्तक प्रकाशित छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्