IMG-LOGO

देवयानी कोकाकोला इन्डियाकी उपाध्यक्षमा  

 मंगल, असार २२, २०७८  ----

कोकाकोला इन्डियाले देवयानी राज्यलक्ष्मी राणालाई कम्पनीको उपाध्यक्षका रुपमा नियुक्त गरेको छ । उनलाई कोकाकोलाको भारत तथा दक्षिण-पश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्ट नियुक्त गरिएको हो । यसबारेमा भारतीय सञ्चारमाध्यमहरूले देवयानी राणा धेरै चर्चा गरेका छन् । २० वर्ष अघि दरवार हत्याकाण्ड हुँदा उनको नाम तत्कालिन युवराज दीपेन्द्रसँग जोडिएर धेरै समाचार आएका थिए । नेपालमा दरबार हत्याकाण्ड जड़ नै देवयानी भएको भनेर उनको  नाम चर्चित थियो।देवयानीको तत्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको भनिन्छ ।  उनको देवयानीसँगको सम्बन्ध दरबारले नकारेको थियो । त्यही कारणले आमाबुवासँग मनमुटाव भएपछि  दीपेन्द्रले २०५८ जेठ १९ गते दरबारमा गोली चलाएको दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। देवयानी राणा राप्रपा नेता पशुपतिशमशेर राणाकी कान्छी छोरी हुन् । दरबार हत्याकान्डमा दीपेन्द्र मारिएपछि सञ्चारमाध्यमहरुले घटनाको गहिरो मनोवैज्ञानिक असर परेको भनिएकी देवयानीको विवाह सन् २००७ मा भारतको राजनीतिक परिवारका ऐश्वर्य सिंहसँग भएको थियो । 
                कोकाकोला विश्वकै सबैभन्दा ठूलो पेय पदार्य उत्पादक कम्पनी हो। यसले कोकाकोला, फ्यान्टा, स्प्राइट, भिटामिन वाटर, डाइट कोक, कोकाकोला जिरो लगायतका विविध उत्पादनहरु विश्व बजारमा चर्चित छन्। विश्वका दुई सयभन्दा बढी देशहरुमा यसका उत्पादनहरु बिक्री वितरण हुने गर्छ। कोकाकोला इन्डिया सन् १८९२ मा स्थापना भएको हो। यसको केन्द्रीय कार्यालय गुरगावमा छ । कोकाकोला इन्डियामा २५ हजारभन्दा बढी कामदार कार्यरत छन् । लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा उच्च अध्ययन गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्याचलर डिग्री भारतको लेडी श्री राम कलेजबाट पूरा गरेकी हुन्। देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि देखिएकी थिइन्। चार वर्षअघि उनी दोलखाबाट उनी राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्