IMG-LOGO

रक्तिमद्वारा लिखित कविता कमाण्डर कमरेड बोल्दैन सार्वजनिक

 सोम, असार ३०, २०८२  --

     प्रगतिवादी साहित्यकार तथा कवि रक्तिम लामाद्वारा लेखित कविता संग्रह ‘कमान्डर कमरेड बोल्दैन’ सार्वजनिक भएको छ । शनिवार बनेपा नगरपालिकाको सभा हलमा आयोजीत कविता संग्रहको एक समारोहकाबीच लोकार्पण गरिएसँगै सो कविता संग्रहको सार्वजनिक भएको हो ।

     प्रगतिशील लेखक संघ, काभ्रेको अध्यक्ष समेत रहेका लामाको यो दोस्रो कविता संग्रह हो । यस अघि उनको ‘थोत्रो मोजा’ कविता संग्रह प्रकाशन भएको थियो । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मात्रिका प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि स्रष्टा समिक्षक नन्दु उप्रेती, अतिथिहरु दिल पौडेल, भवानी पाण्डे, गीति मन्जुरी मच्छेश्वर सापकोटा, शिक्षाविद तथा साहित्यकार शिशिर भण्डारी लगायतले संयुक्तरूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

     ९८ वटा प्रगतिशिल तथा क्रान्तिकारी कविताहरु समावेश गरिएको सो कविता संग्रहको मुल्य २ सय रुपैयाँ तोकिएको छ ।  कवितामा देशको माटो, गाउँको स्वादिलो आँटो, विद्रोह, आक्रोश, राजनीति र एकात्मक शासन माथि प्रश्न उठान गरिनुले कविमा सकारात्मक विद्रोहको चेतना विकास उच्च रहेको समिक्षक नन्दु उप्रेतीले बताउनुभयो ।

     कार्यक्रममा कविहरु दिल पौडेल, मुरहरी रायमाझी, केशब ज्ञवाली’आगतझ, भवानी पाण्डे, केशब घिमिरे, गरिमा अधिकारी, विद्योदय घिमिरे, रक्तिम लामा, सुशिला विष्ट, कालिका त्रिपाठी, गोविन्द मैनाली, अनामिका सजल, मच्छेश्वर सापकोटा, हरि प्रसाद चौलागाँई, बुद्धिमान तामाङ, दिनेश खरेल, केदारनाथ तिमल्सिनाले आ–आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्