नेपाली कांग्रेस काभ्रेले बुधबार नव निर्मित भवनमा पुजा लगाएर गृहप्रवेश गरेको छ । ७ आना ३ पैसा क्षेत्रफल जग्गामा अन्डर ग्राउन्ड सहित चार तल्ला १२ कोठा भएको काभ्रे कांग्रेसको भवन निर्माणमा ८० लाख खर्च भइसकेको जानकारी नेपाली कांग्रेस काभ्रेका प्रबक्ता महेशराज पौडेलले काभ्रे टाइम्सलाई दिनु भयो । भवन निमार्याका लागि नेपाली कांग्रेसका क्रियासील सदस्यबाट २ सय लिइएको छ । काभ्रे कांग्रेसमा २० हजार क्रियासील सदस्य छन् । २० हजार सदस्यबाट ४० लाख जम्मा भइसकेको छ ।
२०४६ को पहिलो जन- आन्दोलन पछि नेकपा एमालेले केन्द्रमा बल्खु र काभ्रेको बनेपा भिमसेन स्थानमा कार्यालय भवन स्थापना गरिसको धेरै बर्ष बितिसकेको छ । भवन निर्माणमा कांग्रेस एमाले भन्दा पछाडि पछाडि देखियो। धेरै समय सत्तामा रहेको नेपाली कांग्रेसले केन्द्रको भवन एमालेको भन्दा धेरै पछि सानेपामा बनाएको हो । काभ्रेको बनेपा-७ मा निर्मित भवनमा जिल्ला सभापति मधु आचार्यले पुजा सम्पन्न गरेर कार्यालय संचालनमा आएको छ । गृहप्रवेश कार्यक्रमाजिल्लाका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो । सोहि दिन काभ्रे कांगेसले नयाँ भवनमा बैठक सम्पन्न गरेको थियो ।
