नेपाल सरकार न्यूनतम पारिश्रमिक समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको जिल्ला स्तरीय सञ्चारकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बनेपामा बुधकबार भएको कार्यक्रममा मोफोसमा सञ्चालनमा आएका पत्रपत्रिकाहरु प्रकाशनमा ल्याउन, कोभिड-१९ का कारण निक्कै कठिनाइ भोग्नु परेको बारेमा गुनासो राखेका थिए ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भयो । पूर्व अध्यक्षद्धय महेशराज पौडेल, नारायण सापकोटा, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सीना, काभ्रे टाइम्स साप्ताहिकका प्रकाशक सम्पादक आर.एल.श्रमजीवी लगायतले सञ्चार माध्यमको समस्या र चुनौतिका बारेमा धारण राखेका थिए । नेपाल सरकार न्युनतम पारिश्रमिक समितिका सदस्य ऋषिकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेका त्रृmयशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
