IMG-LOGO

चौथो अंगलाई तर्साउन खोजीयो ः पाठक

 सोम, असार २३, २०८२  --

 

     पत्रकार दिलभूषण पाठकले राज्यले सांकेतिक रूपमा आफूलाई प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् । बिहीबार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि पत्रकारहरूसँग कुरा गर्दै पाठकले राज्यले प्रश्न गर्न पत्रकारिता जगतलाई रोक लगाउन खोजेको टिप्पणी गरेका हुन् । ‘एउटा दिलभूषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन भन्न खोजेको हो,’ उनले भने । समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तासँग प्रत्यक्ष संवाद गरेर त्रुटिवश भएका गल्ती सच्याउने ठाउँ हुँदाहुँदै तर्साउने उद्देश्यले अभियोग लगाइएको बताए । उनले भने, ‘न्याय क्षेत्रमा लागेका तमाम मानिसले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो ।’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्