काभ्रे टेलरिङ्ग ब्यवसायी संघको बिशेष साधारणसभा नेपाल टेलरिङ्ग व्यवसायी महासंघ बागमति प्रदेश अध्यक्ष धिपेन्द्र कारन्जितको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष सुरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमको विशिष्ट अतिथि ने. टे. ब्य. महासङ्घ सदस्य तथा काभ्रे जिल्ला पूर्व अध्यक्ष कपिल देव सिंह, अतिथिहरु– नि. अध्यक्ष तथा ने. टे. ब्य. महासङ्घ सदस्य अनु वैद्य, काभ्रे महिला उद्यमी मंच अध्यक्ष विश्वमायाँ ध्वोंजु श्रेष्ठ, नेपाल घरेलुु तथा साना उद्योग महासंघ काभ्रे उपाध्यक्ष निर्मला ताम्राकार, काभ्रे टेलरिङ्ग व्यवसायी संघ, धुलिखेल इकाई संयोजक रोजन योगल लगायत को उपस्थिती रहेकोे थियो ।
