काभ्रेमा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ११० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने हाल सम्म १६५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट बनेपा न.पा.मा १४ जना, पनौती न.पा.मा ३ जना, धुलिखेल न.पा.मा १३ जना, भुम्लु गा.पा.मा १ जना, मण्डन देउपुर न.पा.मा १ जना, एन्टिजेन्ट परिक्षण तर्फ बनेपा न.पा.मा १, पनौती न.पा.मा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले काभ्रे टाइम्सलाई जानकारी दिनुभयो ।
