IMG-LOGO

आज दही चिउरा खाने दिन

 मंगल, असार १५, २०७८  ---

    आज असार १५ गते दही चिउरा खाने दिन हो । आजै राष्ट्रिय धान दिवस पनि मनाइन्छ । नेपाली समाजमा खेतमा रोपाँई गरी दही चिउरा खाएर मनाउने परम्परा उहिले देखिको हो । आजका दिन रोपाँई गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाँई गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गर्दछन् । दोहोरीमा रोपाँई गीत असारे भाकाको रन्कोमा रोपाँई गर्नु असारको अर्को आकर्षण हो । यो बर्ष जेठको अन्तिम सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म नेपालका आधा जति खेतमा रोपाँई सकिएको छ ।  
    आज राष्ट्रिय धान दिवसमा खेतका गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाँईमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली लगाउँने र मेलो बनाउन चटारो हुन्छ  भने महिलाहरु कोरीवाटी चिटिक्क परेका  रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।  कतैकतै त बाजा बजाएर बेठी लगाउने चलन पनि यथावत छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्