रोशी ÷ जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषित भएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गरेका थिए । रोशी गाउँपालिकामा १५ महिना मुनिका बालबालिका २ सय २७ जना र १५ देखि ५९ महिनाका ९ सय ८३ जनाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले स्वास्थ्य क्षेत्रको गुणस्तर बिकास गरी घरघरमा स्वास्थ्य सेवा पु¥याउनु पर्ने बताउनुभयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले बालबालिकाले पाउनुपर्ने खोप पाएका कारण मृत्युदरमा कमि आएको बताउनुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई सधै प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तय गर्दै आएको तर्क गर्दैै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पूर्ण खोप सुनिश्चिततासंगै यसको दिगोपनले प्रभावकारीता दर्शाउने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले पूर्ण खोप सुनिश्चितता घोषणाको लागि फागुन महिनादेखि सर्वेक्षणमा लागि परेको बताए । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरीक्षक पार्थमणी न्यौपानेले, स्वस्थ नागरिक स्वस्थ बनाउनको लागि पूर्ण खोप सुनिश्चित हुनुपर्ने उल्येख गर्नुभयो । जिल्लाको बेथानचोक र चौरीदेउराली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेपछि जिल्लालाई नै घोषणा गरिने बताउनुभयो । नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज तामाङले पूर्ण खोप सुनिश्चित घोषणा गर्न स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण रहेको जनाउनुभयो ।
