साँगा, राष्ट्रिय बाल दिवसको अवसरमा गाउँ बाल संरक्षण संबर्धन समिति साँगाको आयोजनामा महेन्द्र मा.वि., साँगामा वक्तित्वकला कार्यक्रम सम्पन्न भयो । बनेपा न.पा. वडा नं १३ का वडाध्यक्ष सूर्य नारायण नापितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महेन्द्र मा.वि. सँगा, चक्रज्योति मा.वि. भैसेपाटी, जागृति आधारभूत विद्यालय आशापुरीका ९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । महेन्द्र मा.वि. साँगाका प्र.अ. नरेन्द्र प्रसाद पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चक्रज्योति मा.वि.की प्र.अ चन्द्र प्रभा शाक्य, जागृति आधारभूत विद्यालयका प्र.अ राजु बस्नेत महेन्द्र मा.विका शिक्षक अभिभावक संघका अध्यक्ष जीत बहादुर तामाङ, वि.व्य.स सदस्य रामकृष्ण ढकाल आदिको उपस्थिति रहेको थियो । चक्रज्योति मा.वि की छात्रा सिर्जना घिसिङ प्रथम, जागृति अधार विद्यालयकी छात्रा वविता तामाङ दोश्रो र महेनद्र मा.वि का छात्र सुवास थापा तेश्रो भएको उक्त कार्यक्रमलाई महेन्द्र मा.वि., साँगाका सहायक प्र.अ. राजकुमार आचार्यले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
