IMG-LOGO

बनेपामा विपद् अनुशिक्षण तालिम सम्पन्न

 मंगल, असार ३, २०८२  --

 

            बनेपा÷बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गणको हेडक्वाटर काभ्रेको आयोजनामा बनेपा नगरपालिकाका १४ वटै वडाका विभिन्न क्षेत्रमा कार्यरत ७४ जनालाई विपद् अनुशिक्षण तालिम तथा विपद् सुचक सम्वन्धी तीन दिने तालिम उपलब्ध गराईएको छ । तालिममा सहभागिहरुलाई गत मंगलबार एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरेको हो ।

            प्रारम्भ उपचार विधी तथा विपद्रका घटनाहरु चट्याङ्ग, आगलागी, बाढी पहिरो लगायतमा नागरिकहरुलाई तत्काल कसरी खोज तथा उद्धार गर्ने, सूचना प्रवाह तथा उपचार, राहत तथा पुर्नस्थापनाका क्षेत्रमा नागरिकहरुका तर्फबाट खेल्न सकिने भूमिकाका विषयमा ३ दिनसम्म संचालन भएको तालिममा १७ वटा कक्षा उपलब्ध गराईएको थियो । उक्त तालिममा सहभागिहरुलाई सशस्त्र प्रहरीका डिआईजी अन्जनीकुमार पोखरेलले प्रमाणपत्र वितरण गर्नुभयो ।

            नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, नेपाली सेना मेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी धन राना मगर, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी मिनबहादुर घले, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्र भैल, प्रशिक्षार्थी सोनु अच्छामी लगायतले तालिमको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी काभ्रेमा प्रमुख एसपी प्रेम प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्