जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलमा डिजिटल टोकन प्रणाली प्रारम्भ भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै सेवा आरम्भ गर्नुभएको हो । गृह मन्त्रालयको बजेट व्यवस्थापनमा टोकन मेशिन खरिद गरेर सरल सेवा प्रवाहका लागि टोकन प्रणाली आरम्भ गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । जो अगाडी आउँछ उसले पहिले सेवा लिने, पालैपालो सेवा लिने र भीडभाडरहित सेवा व्यवस्थापनमा डिजिटल टोकन प्रणाली महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी ढकालले उल्येख गर्नुभयो । राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि र राहदानी सेवाको टोकन डिजिटल रुपमा प्राप्त गर्न सकिन्छ । सम्बन्धीत शाखामा टोकन अनुसारको पालोमा सेवा लिन सकिन्छ ।
