IMG-LOGO

वातावरण दिवसको अवसरमा बृक्षारोपण

 मंगल, असार ३, २०८२  --

            भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल र डिभिजन वंन कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा काभ्रेली नापी पेशाकर्मी समाजको सहकार्यमा विश्व वातावरण दिवसको अवसर पारी भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा विभिन्न जातका २ सय ६० वटा विरूवा रोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, डिभिजन वन कार्यालयका प्रमुख केबी थापा, निर्देशक रामकुमार सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय कोषाध्यक्ष शान्ता न्यौपाने, धुलिखेल ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधिहरू, डिभिजन वन, सब डिभिजन वन, नापी प्रशिक्षण केन्द्र र नापी कार्यालय काभ्रेका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

            बृक्षारोपण कार्यक्रममा एभोगाडो, कागती, टिम्मुर, अम्बा, जापानिज कटुस र धुपि लगायतका विरूवा डिभिजन वन कार्यालय काभ्रेको सहयोगमा भूमि प्रशिक्षण केन्द्रको परिसरमा रोपण गरिएको हो । डिभिजन वन कार्यालयका अधिकृत एवं सूचना अधिकारी सरिता लामाका अनुसार विश्व वातावरण दिवसको अवसर पारी डिभिजन वन कार्यालय काभ्रेले भुम्लु गाउँपालिकाको दोलालघाट देखि सल्लेसम्मको सडक क्षेत्रमा ५ सय विरूवा रोपण गरेको छ भने पनौती नगरपालिका अन्र्तगत खोपासी सडक खण्डमा करीब ३ सय विरूवा रोप्ने कार्य गरिएको थियो । कार्यक्रममा केन्द्रका निर्देशक रामकुमार सापकोटा, केन्द्रका विज्ञान बञ्जाराले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्