बनेपा नगरपालिकाको जलवायु अनुकुलन कार्ययोजना प्रतिवेदन नगर प्रमुख शान्तिरत्न शाक्यलाई बुधबार हस्तान्तरण गरिएको छ । महिला जागरण समुह बनेपाको आयोजनामा बनेपा नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौको सहयोगमा तयार गरिएको उक्त प्रतिबेदन नगर प्रमुख शाक्यलाई महिला जागरण समुहकि अध्यक्ष निर्मला श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो । प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य कञ्चनचन्द्र बादेले विश्वमै चुनौतीको रुपमा रहेको जलवायुको असर न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडाध्यक्षहरु कृषि शाखा प्रमुख टंकबहादुर अधिकारी, टेवा नेपालका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ, प्रकृति रिसोर्सेस सेन्टर काठमाडौका कार्यक्रम संयोजक सन्त महर्जन, विज्ञहरु विजय महर्जन र डा. कोमलराज गोसाई लगायतले प्रतिवेदनका विषयबस्तु माथी आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रतिवेदन तयारी गर्न गोदावरी इन्भाईरोमेन्टल सर्भिसेस प्रालीले प्राविधिक सहयोग गरेको थियो । प्रतिवेदन तयार गर्नु अघि प्रत्येक वडामा वडा स्तरीय छलफल, नगर स्तरीय सरोकारवाला निकायसँगको अन्तत्र्रिmया तथा नगर क्षेत्रमा विगत वर्षहरुका अध्ययन तथा विपदका सन्दर्भमा भएका अभ्यास लगायतका तथ्यांकहरु सहित निश्कर्ष निकालिएको थियो । महिला जागरण समुहकि अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचीव सबिना श्रेष्ठले गर्नुभएको थियो ।
