IMG-LOGO

कर नतिर्ने इटाभट्टा र क्रसरमा ताला लगाइयो

 मंगल, असार ३, २०८२  --

    काभ्रे — मण्डनदेउपुर नगरपालिकाले कर नतिर्ने ३ इट्टा भट्टा र १ क्रसर उद्योगमा ताला लगाएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि शुक्रबार मण्डनदेउपुर नगरपालिकाले तीनवटा इट्टा भट्टा र एकवटा क्रसर उद्योगमा ताला लगाएको हो । नगरप्रमुख टोकबहादुर वाईबाको नेतृत्वमा खटिएको अनुगमन टोलीले नगरपालिकामा दर्ता नभएका, कर नतिरेका तथा नवीकरण नगरिएका उद्योगहरूमा तालाबन्दी गरेको हो । नगरपालिकाले यसअघि पटक–पटक चेतावनी दिँदा पनि कानुनी दायरामा नआएपछि बाध्य भएर यस्तो कदम अगाडी बढाउनुपरेको बताउनुभयो ।

            अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ९ रायोबारीमा रहेको सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगमा ताला लगाइएको छ । उक्त उद्योगले आर्थिक वर्ष २०७८÷७९ देखि हालसम्म ४५ लाख ८४ हजार कर तिर्न बाँकी छ । कर नतिरेको नगरपालिकाको वडा नम्बर ६ मा रहेको श्री कालिदेवी ईट्टा उद्योगमा ताला लगाएको छ । उक्त उद्योगले ६१ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ । त्यस्तैगरी वडा ६ मै सञ्चालित श्री चण्डेनी नगरकोट ब्रिक्स ईण्डष्ट्रिज प्रा.लिमा ताला लगाएको छ । उक्त उद्योग नगरपालिकामा दर्ता नभएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा सञ्चालित श्री दक्षिणकाली इट्टा उद्योगमा पनि अनुगमन टोलीले ताला लगाइएको छ । उक्त उद्योगले ४५ लाख, ८४ हजार कर नतिरेको नगरपालिकाले जनाएको छ । पालिका प्रमुख वाइबाले, समयमै दर्ता, कर तिर्ने र नवीकरण गर्ने प्रक्रिया पूरा नगर्ने उद्योगलाई कानुन अनुसार कारबाही गरिने उल्येख गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्