क्षितिज ्इङ्गलिश सेकेन्डरी स्कुल बनेपाले विद्यार्थीहरुको लागि स्वस्थ्य शिबीर सप्पन्न गरेको छ।बिग केयर हस्पिटल बनेपा, जनगालको प्राबिधिक सहयोगमा विद्यार्थीहरुको निः शुल्क स्वास्थ्य परीक्षण गरेको कुरा विद्यालयका अध्यक्ष बिकश श्रेष्ठले बताउनुभयो । नाक, कान, घाटी, बाल रोग, छाला रोग र हाड जोर्नीको समस्याको स्वास्थ्य परिक्षण गरिएको कुरा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले बताउनु भयो । प्लेग्रुप देखि कक्षा १० का ८ सय २० विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको सहायक प्रीन्सिपल सरिता बन्जाराले जनाउनु भयो ।
