IMG-LOGO

नगरले पाडी दिएपछि किसान खुशी

 मंगल, असार १५, २०७८  ---

        पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका भैँसीका पाडी बितरण गरेको छ । पाँचखालनगरमा १सय ५४ वटा पाडी बितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए । व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिए । बितरण गरिएको सबै पाडीको विमा समेत भइसकेको छ । नगरपालिकाले पहिलोचरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी बितरण गर्न लागेको छ । शनिवार एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गरेका थिए । कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्