नागरीकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ विगत २३ वर्ष अघि स्थापना भएको भक्तपुरको सल्लाघारीको डा.इवामुरा अस्पताल नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको छ । १ सय दिनको अवसरमा अस्पताल सञ्चालक समिति र अस्पतालका डाक्टर तथा नर्सहरुको सहभागीतामा स्वास्थ्य क्षेत्रको सोव प्रभावकारी बनाउने विषयमा मंगलबार अन्तरक्रिया छलफल भयो । कोभिड-१९ प्रकोपले थिल थिलो हुने गरी नकारात्मक प्रभावले नागरिकहरुलाई असर पारेको छ । कोभिड-१९ अस्पताल सञ्चालन गरी सेवा प्रवाह गरेको अस्पतालका अध्यक्ष महेश बहादुर धौबञ्जराले जानकारी दिए । अस्पतालले २० जना कोभिडको विरामीलाई उपचार गरेकोमा २ जनाको निधन भएको १८ जना निको भई घर फर्केको जनाएको छ । अस्पतालका प्रवन्ध निर्देशक राजु मृगेन्द्र जोशीले नागरिकहरुको स्वास्थ्य सेवा प्रभावकारी बनाउन आफू हरतरहले लागि परेको डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारी वर्गले पनि कर्तव्य निष्ट भई निरन्तर कार्य गरेकोले यो अवस्थामा आइपुगेको बताए । प्रवन्ध निर्देशक जोशीले संकल्प र दृढ विश्वासका साथ निरन्तर लगनशिल लागि परेकै कारण अस्पतालले आईसियुको नयाँ सेवा सुभारम्भ गरेको बताउँदै आगामी दिनमा अत्याधुनिक स्वास्थ्य सेवा पुर्याउन अस्पताल प्रतिवद्ध हुने बताए । त्यसमा स्वास्थ्यकर्मी तथा कर्मचारी बर्गको पूणर् साथ सहयोग रहने अपेक्षा गरेको धारणा प्रवन्ध निर्देशक जोशीले राखे ।
अस्पतालको विभिन्न डिपार्ट समालेका रविना गणेश, सुरेशा धमला, जेनिशा धोजु, लक्ष्मी मचामसी, चण्डिका छुकान र सिताराम खिन्जु लगायतले मन्तव्य राखेका थिए । अस्पताल नयाँ टिमले समालेको १ सय दिनमा केक काटेर मनाइएको थियो । कार्यक्रमको सञ्चालन मनिता श्रेष्ठले गरेकी थिइन् ।
