IMG-LOGO

धुलिखेल-११ मा स्वास्थ्य चौकी बन्ने भो

 मंगल, असार १५, २०७८  ----

     धुलिखेल स्वस्थ शहर अभियान सफल बनाउन अग्रसर धुलिखेल नगरपालिकाले २ वेडको अक्सिजन सहितको स्वास्थ्य सेवा प्रदान गर्न १२ वटै वडामा सञ्चालन गर्ने नीति अनुरुप लागि परेको छ । शुक्रबार एक कार्यक्रमबिच नगरप्रमुख अशोक कुमार व्याञ्जुले धुलिखेल वडा नं. ११ पातले खेतमा स्वास्थ्य चौकीको शिलान्यास गरेका छन् । संघीय सरकारले प्रदान गरेका ४० लाख लागतमा ५ कोठाको स्वास्थ्य चौकी भवन बन्ने कुरा धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले  जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, वडा नं ११ का अध्यक्ष विष्णु काभ्रेली, स्वास्थ्य इन्चार्ज सरोज थापा, वडका जनप्रतिनिधि र स्थानीय बासीको सशभागीता रहेको थियो । सोहि शिलान्यास कार्यक्रममा स्वास्थ्य चौकीलाई नगर प्रमुख व्याञ्जुले अक्सिजन कन्सन्ट्रेटर १ थान र स्वास्थ्य उपकरण, वडाध्यक्ष विष्णु काभ्रेलीलाई हस्तान्तरण गरेका थिए

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्