IMG-LOGO

नेपाल प्रचण्डका कार्यकर्ता- प्रम ओली

 मंगल, असार १५, २०७८  ---

    प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति नामै लिएर नेपाली राजनीतिमा झुठ र बेइमानीहरूको चलखेल बढेको आरोप लगाए । उनले माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव ओलीले गरे भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै आफुले उनलाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेका दावी गरे । उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए । ‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ?
    उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको भन्दै उनले भने, ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ । संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’ कोभिड-१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न सबैलाई आग्रह गरे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्