IMG-LOGO

पनौती जात्रा नहुने भो

 मंगल, असार ८, २०७८  ----

जिल्ला प्रशासन कार्यालयको आदेशले पनौती जात्रा नहुने भएको छ । प्रशासनले कोभिड -१९ को कारण देखाउदै १४ गते सम्म जात्रा, पर्व, महत्सव, सभा र समारोह गर्न नपाइने भएको छ । असार १० गते हुने पनौती जात्रा भने सामान्य विधिबाट सञ्चालन गरिने जात्रा व्यवस्थापन समितिले काभ्रे टाइम्सलाई बतायो । ज्याहपुन्हीको अवसरमा गरिने पनौती जात्रा असार ८ गते भद्रकालीको रथ तानेर त्रिवेणी घाटमा लगिन्छ, ९ गते क्षमा पूजा गरिन्छ । १० गते रथ तानेर देवघाटमा लग्ने प्रचलन छ । इन्दे्रश्वर मन्दिर परिसरमा भैरवनाथ र भद्रकालीको रथ जुधाएर जाात्रा समापन गरिने स्थानीय विकुनारायण ताम्राकारले बाताए । कोभिड -१९ को कारण सामान्य ढङ्गबाट सञ्चालन गरिने विषयमा असार ३ गते पनौती नगरपालिका प्रमुख भिम न्यौपाने पूजा प्रवन्ध समितिका अध्यक्ष कृष्णधन कर्माचार्य र स्थानीय बीच छलफल भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्